श्रीलंकाले गर्‍यो अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोगको आह्वान – Nepal Press

श्रीलंकाले गर्‍यो अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोगको आह्वान

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आर्थिक समस्या समाधान गर्नका निमित्त सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहिबार श्रीलंकामा औषधि, खाद्यान्न आपूर्ति तथा इन्धन लगायतका आवश्यकता पूरा गर्न मद्धत गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेका हुन् ।

जापानको टोकियोमा आयोजित ‘फ्युचर अफ एसिया’ नामक सम्मेलनलाई भर्चुअल रुपमा संबोधन गर्दै गोटाबायाले यस्तो अपिल गरेका हुन् ।

‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ। हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु ।’ उनले भने ।

७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा हाल इन्धन, खाद्यवस्तु लागयतका अत्यावश्यक वस्तुको समेत अभाव देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर