कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु – Nepal Press

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशाबहादुर नेवार छन् ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा. २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा. ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *