राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त – Nepal Press

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईजना नयाँ सञ्चालक नियुक्त गरेको छ ।

चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नयाँ सञ्चालकमा नियुक्त भएका हुन् । राष्ट्र बैंकको गत शुक्रबारको बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि रिक्त ठाउँमा नियुक्त भएका शिवाकोटी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् । भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर