अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बनेलगत्तै चीनसँगको विवादमा एन्थोनी अल्बानिजले के भने ? – Nepal Press

अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बनेलगत्तै चीनसँगको विवादमा एन्थोनी अल्बानिजले के भने ?

काठमाडौं । अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्ट्रेलिया–चीन सम्बन्ध मुस्किल घडीबाट गुज्रिरहेको धारणा राखेका छ्न् । अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेलगत्तै क्वाड सम्मेलनमा भाग लिन जापान जाने क्रममा एन्थोनीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अल्बानिजले भने, ‘चीन परिवर्तन भएको छ, अस्ट्रेलिया होइन र अस्ट्रेलियाले सधैं आफ्नो मूल्य–मान्यताको सम्मान गरेको छ र म नेतृत्वको सरकारमा पनि सो कुरा जारी रहनेछ।’

अस्ट्रेलिया र चीनबीच व्यापार, कोरोनाको उत्पत्तिलगायत धेरै विषयमा विवाद हुँदा हाल दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर