नेपाल बैंक बाग्मती प्रदेशको बजेट गोष्ठी सम्पन्न – Nepal Press

नेपाल बैंक बाग्मती प्रदेशको बजेट गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बैंक बाग्मती प्रदेशको बजेट गोष्ठी सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

काभ्रेको धुलिखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको हो । उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरुसँग अन्तरक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरुसमेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुनेछ ।

कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोललगायतको सहभागिता रहेको थियो ।

नेपाल बैंकले २१३ शाखाहरु, १७९ एटीएममेसिन साथै ४७ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा दिइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर