मारिऊपोलमा युक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी – Nepal Press

मारिऊपोलमा युक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

मस्को । युक्रेनको बन्दरगाह सहर मारिऊपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ । मारिऊपोलको आजोभ्स्टाल स्टील उद्योगमा रहेका बाँकी सैनिकहरूले शुक्रबार आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो ।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकूहरूले रुसलाई सो सहरमाथि पूर्णरूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए ।

शुक्रबार युक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ युक्रेनी लडाकूहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ । लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको एक विज्ञप्तिमा रूसले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

शुक्रबार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने, ‘आज युक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।’

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पु¥याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका यूक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए ।

उक्त क्षेत्रमा फस्ने कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको युक्रेनी अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर