एट्लेटिकोको सहज जित – Nepal Press

एट्लेटिकोको सहज जित

काठमाडौं । इल्चेलाई २-० ले पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो पारेको छ ।

गयराति प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले ला लिगामा चार सय खेल खेलेको हो । सिमोनीको टोलीले आइतबार लिग विजेता रियाल मड्रिडलाई १-० ले पराजित गरेको थियो ।

२८औँ मिनेटमा म्याथ्युज कुन्हाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ६२औं मिनेटमा रोर्डिगो डी पाउलले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

जितपछि ३६ खेलमा ६७ अंकसहित एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । चौथो स्थानको सेभिया भन्दा एट्लेटिको एक अंकले अघि रहेको छ । एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिगको टिकट सम्भावना बलियो पार्ने क्रममा पाँचौ स्थानको रियल बेटिससँग ६ अंकको अग्रता लिएको थियो ।

लिगमा अब दुई चरणका खेल मात्र बाँकी रहेको छ । लिग विजेता रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् ।

सेभिया भने बुधबार रियल मार्लोकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सेभिया पाँचौ स्थानको बेटिसभन्दा पाँच अंकले अघि रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर