ललितपुर महानगर सदस्यमा एमालेकी सुचिना निर्विरोध – Nepal Press

ललितपुर महानगर सदस्यमा एमालेकी सुचिना निर्विरोध

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका– ११ को दलित महिला सदस्यमा एमालेकी सुचिना परियार निर्विरोध भएकी छन् ।

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जन र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन् ।

एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले खुसी व्यक्त गरेका छन् ।

संविधानले एक वडा, एक दलित महिला सदस्य अनिवार्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर