जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश – Nepal Press

जसपाले टिकट नदिएपछि गणेशमान चारनाथका मेयर यादव लोसपा प्रवेश

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी-लोसपामा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी-जसपाबाट मेयरमा पुन: टिकट नपाएपछि रुष्ट बनेका यादव आइतबार लोसपा प्रवेश गरेका हुन् ।

उनलाई लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया र मधेसका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले पार्टी प्रवेश गराएका छन् ।

यादवले लोसपाबाट पुन: मेयरमा उम्मेदवारी दिने बताइएको छ । उनी गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर