एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ) – Nepal Press

एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन (भिडिओ)

संघीय चुनावसम्म गैरआवासीय नेपाललाई मतदानको अधिकार दिलाउन पहल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन गर्ने शेष घलेको ठिक नरहेको बताएका छन् ।

एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डले आफूले शेष घलेलाई पनि मिलेर एउटै मूल प्रवाहमा आउन सुझाव दिने बताए ।

प्रचण्डले भने–शेषजीले किन त्यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन, मौका मिले त्यसो नगर्नुस्,विभाजित होइन मिलेर जानुस् भन्ने सुझाव दिनेछु । उहाँले त्यसो गर्नु नहुने हो ।

एनआरएनएका पूर्व अध्यक्ष घलेले अलग्गै भेला गरी एनआरएन विभाजन गरेका छन् । प्रचण्डले उनको त्यो कदम ठिक नरहेको बताए । अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावसम्म विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर