एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते   – Nepal Press

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते  

पर्सा ।  पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिवार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेस्ट लेखिएको एम्बुलेन्सले गए राती पौने १२ बजे ठक्कर दिएको थियो ।
सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानीय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ राम टोलकी ३१ वर्षीया काजल देवी, २५ वर्षीय धुरेन्द्र राउत, ४१ वर्षीया मन्जु देवी, १५ वर्षीय अनिकेत पटेल र १७ वर्षीया अञ्जली पटेलको विरगन्ज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको र एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *