‘प्रचण्ड-माधव नर्क कुण्डमा हुनुहुन्छ, एमालेकै बाटोमा नफर्केसम्म वाम एकता सम्भव छैन’ – Nepal Press
नेपाल टक

‘प्रचण्ड-माधव नर्क कुण्डमा हुनुहुन्छ, एमालेकै बाटोमा नफर्केसम्म वाम एकता सम्भव छैन’

पार्टीको हिसाबले एमाले र नेतृत्वको हिसाबले केपी ओलीजति लोकप्रिय नेपालमा अरू छैन

कैलाली । पछिल्लो समय एमाले भित्र  वाम एकताको चर्चा सुरु भएको छ । एमाले पोलिटब्यूरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकताको प्रस्ताव गरेपछि अहिले एमाले वृत्तमा त्यसको चर्चा सुरु भएको हो ।

प्रचण्ड–माधव नेतृत्वसहित अन्य वाम पार्टीहरूबिच एमालेले एकताको नेतृत्व गर्नुपर्ने र पार्टी एकता सम्भव नभए चुनावी एकतासम्म गर्न सकिने प्रस्ताव बैठकमा आएको थियो ।

अध्यक्षले ओलीले भने प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता नहुने स्पष्ट पारेका थिए ।

वामपन्थी एकताका प्रस्तावक रहेका भुसाल र पन्त १० बुँदे सहमति गरेर नेकपा एमालेमा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्यहरू पनि हुन् ।

१० बुँदे अन्तर्गत नै एमालेमा रहेका अर्का नेता हुन् केन्द्रीय सचिव योगेश भट्टराई । उनी पनि वामपन्थी एकता आवश्यक रहेको बताउँछन् । तर, अहिले नै माधवकुमार नेपाल र पुष्पकमल दाहालसँग एकता सम्भव नभएको उनको बुझाइ छ । उनीहरूसँगको एकता गर्न गम्भीर समीक्षा आवश्यक रहेको भट्टराई बताउँछन् ।

विगतमा माओवादी र एमालेको पार्टी एकता उचित रहेको बताउने भट्टराई एकताका बेला गरिएको समझदारी भने गलत रहेको विश्लेषण गर्छन् । अझै पनि नयाँ मोडलमा बाम एकता हुन सक्ने उनको भनाइ छ ।

कसरी सम्भव छ बाम एकता ? प्रस्तुत छ नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईसँग गरिएको कुराकानी नेपाल टकमा :-

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन सर्वसम्मत पारित गर्नुको अर्थ, प्रचण्ड–माधव समक्ष एकता प्रस्ताव लैजाऔँ भन्ने घनश्याम भुसाललगायतका नेताहरूको मत अस्वीकृत भएको देखियो । अब वाम घटकहरूसँगको एकता वा सहकार्यको ढोका सधैका लागि बन्द भएको हो ?

स्थानीय तह निर्वाचनमा केन्द्रीय तहबाट कुनै पनि पार्टीसँग घोषित चुनावी तालमेल नगर्ने भन्ने हाम्रो नीति छ । तर, अध्यक्षको प्रतिवेदनले के भनेको छ भने, स्थानीय तहको आवश्यकता र औचित्यको आधारमा तालमेल हुन सक्छ।

त्यो गर्ने जिम्मा जिल्ला कमिटीलाई दिएका छौँ । जिल्ला कमिटीले प्रदेश कमिटीसँग सल्लाह, सुझाव लिएर जिल्लाको वस्तुस्थिति अनुसार गर्न सक्छ । त्यसको मतलब देश भरी नै जिल्ला कमिटीले चुनावी तालमेल गर्नु पर्छ वा गर भनेको होइन ।

जिल्लाले तालमेल गर्न सक्ने तर, केन्द्रबाटै नहुने भन्नुको अर्थ त एमाले भूगोलमा कमजोर छ भन्ने हो नि । होइन र ?

पहिलो कुरा नेकपा एमाले आफ्नो सामर्थ्यमा चुनाव लड्छ । आफ्नो शक्तिमा चुनाव लड्छ । एकल शक्तिबाट नेकपा एमालेले जित्छ । कतिपय स्थानमा आवश्यकता र औचित्यको आधारमा हाम्रो प्रतिस्पर्धी शक्तिलाई पराजित गर्न अरू सानातिना दलहरूसँग सहकार्य हुन सक्छ । त्यसलाई अध्यक्षको प्रतिवेदनले पनि ढोका खुल्ला गरेको छ ।

‘संसद विघटन गल्ती थियो, नेकपा विभाजनमा सबै जिम्मेवार थियौँ’ भन्नासाथ फेरि प्रचण्ड–माधवसँग पनि एकता हुन सक्छ भन्ने अभिव्यक्ति पनि सुनिन थालेको छ । संसद विघटन गल्ती स्वीकार गर्न एमाले नेतृत्वलाई किन सकस हो ?

यस्ता कतिपय विषयहरू समीक्षाका विषय हुन् । यो कुरामा समीक्षा गर्नुपर्छ । हामीले पार्टीको महाधिवेशनमा राजनैतिक प्रतिवेदनमा पनि कतिपय यस्ता कुराहरू उठाएका छौँ । यी कतिपय कुराहरू इतिहास पनि हुन् । इतिहासको कुरालाई धेरै कोट्याउन पनि हुँदैन । हामी जाने अगाडि हो । अगाडि जाने सन्दर्भमा अबको वामपन्थी एकता हिजोको मोडलबाट हुँदैन । किनकि त्यो असफल भयो नि । अब वामपन्थी एकताको मोडल बदल्नु पर्छ ।

हिजो भागबन्डाको राजनीतिले गर्दा अन्तिम सम्म एमाले र माओवादी नै भइरहेको थियो । त्यसले अन्ततः हाम्रो एकतालाई नै विभाजन गरेको हो ।
त्यस कारणले अब हामीले यसलाई समीक्षा गर्छाै । अब को एकता भनेको नेकपा एमालेको सिद्धान्त , नेकपा एमालेको कार्यक्रम, जनताको बहुदलीय जनवाद, समाजवाद सम्म पुग्ने लक्ष्य स्वीकार गर्नु पर्छ ।

हिजो किन असफल भयो त ?

हिजो एमाले ६० प्रतिशत र माओवादी ४० प्रतिशत भनेर शक्तिको बाँडफाँड गरिएको थियो । त्यो सैद्धान्तिक हिसाबले गलत थियो । पार्टी एकता गर्नु गलत थिएन । तर, जुन प्रक्रियाबाट गरिएको थियो त्यो प्रक्रिया नै ठिक थिएन ।

कसरी गर्नुपर्ने थियो त ?

त्यसरी भागबन्डा गरेर गर्ने होइन । पार्टी एकता भनेको सिद्धान्त मिलेपछि, विचार मिलेपछि, राजनीति मिलेपछि गर्ने हो । त्यो मिल्छ भने किन भागबन्डा चाहिएको त ? हिजो भागबन्डाको राजनीतिले गर्दा अन्तिमसम्म एमाले र माओवादी नै भइरहेको थियो । त्यसले अन्ततः हाम्रो एकतालाई नै विभाजन गरेको हो ।

माधव नेपाल र प्रचण्ड कमरेडले एमालेसँग एकता हुँदैन भनेर घोषणा गर्नु भएको छ । उहाँहरू काँग्रेससँग एकता गर्न जानु भएको छ। पहिलो कुरा त उहाँहरूले आफ्नो विचार बदल्नु पर्यो ।

त्यस कारणले अब हामीले यसलाई समीक्षा गर्छौ । अब को एकता भनेको नेकपा एमालेको सिद्धान्त, नेकपा एमालेको कार्यक्रम, जनताको बहुदलीय जनवाद, समाजवाद सम्म पुग्ने लक्ष्य स्वीकार गर्नुपर्छ ।

आज मुख्य वामपन्थी दल नेकपा एमाले हो । नेकपा एमालेलाई बलियो बनाउने गरी नै वामपन्थी एकता हुन्छ र त्यसमा नेकपा एमाले लचक छ ।

त्यो वामपन्थी एकता भनेको माधव नेपाल, केपी ओली र प्रचण्ड फेरि एकै ठाउँमा आउने एकता हो ? यी तीनै दल फेरि एक हुन सक्छन् ?

त्यसलाई म नकार्दिनँ । कुनै दिन हुन सक्छ । तर, आज त्यो वस्तुगत अवस्था तयार छैन ।

हुन सक्छ भन्नुहुन्छ । तर, फेरि आज हुँदैन भन्नुहुन्छ । तिनै दल एकै ठाउँमा आउन नसक्ने कारण के हो ?

माधव नेपाल र प्रचण्ड कमरेडले एमालेसँग एकता हुँदैन भनेर घोषणा गर्नु भएको छ । उहाँहरू काँग्रेससँग एकता गर्न जानु भएको छ। पहिलो कुरा त उहाँहरूले आफ्नो विचार बदल्नु पर्‍यो । एमालेसँग उहाँहरू सहकार्य गर्न तयार हुनुहुन्छ कि हुँदैन ? त्यसपछि बल्ल बहस हुन्छ, छलफल हुन्छ ।

अहिले त उहाँहरू पूर्व जानु पर्ने पश्चिम हिँड्नु भएको छ । पहिले उहाँहरू फर्किनुपर्छ । उहाँहरू गएको बाटोमा हामी जान सक्दैनौँ । एमालेको बाटोमा आउनुपर्‍यो । एमाले जता जाँदै छ त्यो बाटोमा फर्किनु पर्‍यो ।

माओवादी र एकीकृत समाजवादी एमालेको बाटोमा आए फेरि नेकपा एक हुन सक्छ ?

एमालेको बाटोमा आउँदा त हामी जो सुकैसँग पनि एकता गर्छौ । सहकार्य गर्छौ । सँगै लिएर जान्छौँ । त्यो दायित्व नेकपा एमालेको हो ।

१० औँ राष्ट्रिय महाधिवेशनको राजनैतिक प्रतिवेदनले पनि आधारभूत तहबाट वामपन्थी एकता गर्दै नेकपा एमालेलाई मुलुकको वामपन्थी शक्तिहरूको एउटा प्रमुख शक्तिको रूपमा स्थापित गर्नुपर्छ भनेर उल्लेख छ ।

पहिला त्यो नर्क कुण्डबाट प्रचण्ड कमरेड र माधव कमरेडले मुक्ति लिनुपर्यो । त्यसपछि हामीले पनि ठन्डा दिमागले छलफल गर्नुपर्छ । आज मलाई लाग्छ कि त्यो परिस्थिति बनिसकेको छैन ।

‘प्रचण्ड र माधव नेपालले झ्याल ढोका फोरेर गएका हुन् । त्यसरी सत्यानाश गएकाहरूलाई हामीले ढोका खुला राख्नुको के अर्थ हुन्छ र ?’ भन्दै अध्यक्ष ओलीले माधव–प्रचण्डसँगको एकता नहुने संकेत दिनुभएको छ । तर, तपाई माओवादी र एकीकृत समाजवादीसँग पनि फेरि एकता हुन सक्छ भन्नुहुन्छ । पार्टी अध्यक्षसँग फरक मत हो तपाइँको ?

अहिले तत्काल एकता सम्भव छैन । त्यसको निम्ति त ठूलो आत्मसमीक्षा हुनु पर्छ । प्रचण्ड र माधव नेपालको पार्टी भित्र उहाँहरूले ठूलो आत्मसमीक्षा गर्नु पर्छ । यो मुलुकमा कम्युनिष्टहरुको एउटा बर्चस्व स्थापित हुन लागेको थियो । त्यो गुमाउने कुरामा उहाँहरूले ठूलो भूमिका खेल्नु भएको छ ।

म त के भन्छु भने, माधव नेपाल र प्रचण्ड एउटा नर्क कुण्डबाट फर्किनुपर्छ । काँग्रेससँगको गठबन्धन भनेको नर्ककुण्ड हो । त्यसले न समाजवादमा पुग्न सकिन्छ । न त आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । न त तल्लो वा मध्यम वर्गको हितमा काम गर्न सकिन्छ ।

काँग्रेस मध्यम र तल्लो वर्गको प्रतिनिधि पनि होइन । त्यसो भएको हुँदा पहिला त्यो नर्क कुण्डबाट प्रचण्ड कमरेड र माधव कमरेडले मुक्ति लिनु पर्‍यो । त्यसपछि हामीले पनि ठन्डा दिमागले छलफल गर्नुपर्छ । आज मलाई लाग्छ कि त्यो परिस्थिति बनिसकेको छैन ।

प्रचण्डले बेलाबेलामा कांग्रेससँग गठबन्धनमा गडबड भए बालकोट पनि जान सक्ने भन्दै एमालेसँगको चुनावी तालमेलको संकेत दिँदै आइरहनु भएको छ । माधव नेपाललाई बाहिर राखेर प्रचण्डसँग मात्रै पनि स्थानीय तहमा गठबन्धन हुनसक्ने सम्भावना कति देख्नुहुन्छ ?

बालकोट जान त उहाँलाई छुट छ नि । त्यो बाटो पनि उहाँले देख्नु भएकै छ । तर, काँग्रेससँगको गठबन्धन कायम गर्न काँग्रेसलाई धम्की दिन यस्ता शब्द प्रचण्ड कमरेडले प्रयोग गर्दै आइरहनु भएको छ । एमाले उहाँको बार्गेनिङ चिप्स होइन।

तपाई अहिले पनि ६० प्रतिशत निर्वाचन जित्छौ भन्दै हिँडिरहनु भएको छ । एमाले विभाजन हुँदा यस्तो दाबी गर्नु भनेको अपत्यारिलो दम्भ होइन र ?

एमाले विभाजन भएको कुरा सत्य हो । तर, विभाजनको असर एकदमै न्यून मात्रामा परेको छ । म आफै पनि देशभरी घुमिरहेको छु । सबै ठाउँमा विभाजनको असर न्यून रहेको देखिएको छ । अर्को कुरा हिजो नेकपा माओवादीतिर रहनु भएको एउटा ठुलो पंक्ति नेकपा एमालेमा सामेल छ । त्यसले हामीलाई भोटमा प्लस गर्छ ।

कांग्रेससँगको गठबन्धन कायम गर्न काँग्रेसलाई धम्की दिन यस्ता शब्द प्रचण्ड कमरेडले प्रयोग गर्दै आइरहनु भएको छ । एमाले उहाँको बार्गेनिङ चिप्स होइन।

देशव्यापी राजनीतिक दलहरूको लोकप्रियता हेर्ने हो भने नेकपा एमाले नै लोकप्रियताको ग्राफमा सबैभन्दा माथि छ । व्यक्तिगत हिसाबले,नेतृत्वको लोकप्रियताको हिसाबले पनि शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल मध्ये आज पनि जनताको नेता भनेकै केपी ओली हो । पार्टी पनि लोकप्रिय छ ।

नागरिकलाई नेतृत्व गर्न सक्ने, आम समुदायलाई नेतृत्व गर्न सक्ने पार्टी भनेकै नेकपा एमाले हो । अर्को कुरा यो मुलुकमा लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन, संविधानलाई कार्यान्वयन गर्न, विकास गर्न पनि एमाले नै चाहिन्छ भन्ने आम नागरिकको बुझाइ छ । चुनावमा मत ल्याउन सक्ने र विजयी गर्न सक्ने आधारहरू पनि यी नै हुन् ।

संघीय सरकार गुम्यो, प्रदेश सरकारहरू गुमे । तर पनि तपाइँहरू फुटको असर छैन भन्नुहुन्छ । जनताले त्यति पनि बुझ्दैनन् भन्ने ठान्नुहुन्छ ?

सरकार गुमाएको कुरा सत्य हो । गणितीय हिसाबले संसदीय व्यवस्थामा त्यो गुमेकै छ । दुर्भाग्य हो । त्यो हुनुहुन्थेन । पार्टी एकता जोगिनु पर्ने थियो । सरकार जोगिनु पर्ने थियो । त्यसमा माथिल्लो तहकै नेताहरूको कमजोरी हो । मैले त्यो देखेको छु । एउटा नेताको मात्रै कारणले भन्दा पनि नेताहरूको जुन समूह बन्यो तत्कालीन नेकपामा, त्यो नेताहरूको समूहले दूर दृष्टि राख्न नसक्दा नै यो दुर्भाग्यपूर्ण स्थिति मुलुकमा निम्तिएको छ ।

एमाले विभाजन भएको कुरा सत्य हो । तर, विभाजनको असर एकदमै न्यून मात्रामा परेको छ । म आफै पनि देशभरी घुमिरहेको छु । सबै ठाउँमा विभाजनको असर न्यून रहेको देखिएको छ । अर्काे कुरा हिजो नेकपा माओवादीतिर रहनु भएको एउटा ठुलो पंक्ति नेकपा एमालेमा सामेल छ । त्यसले हामीलाई भोटमा प्लस गर्छ ।

यसको मतलब यो होइन कि हामी यसमा चिन्ता व्यक्त गरेर, यसमा निराश भएर, यसैमा कविता लेखेर बस्दैनौँ । हामी अगाडि जाने मानिस हौँ । कम्युनिस्ट भनेको जहिले पनि अगाडी हेर्छ । अगाडी जाने मानिसले पछाडिको कुरा सम्झिँदै पछाडि फर्किँदैन । पछाडिको कुरा सम्झिएला तर बढ्न त अगाडी नै बढ्ने गरिन्छ ।

एमालेमा १० बुँदे गरेर बसेकाहरू केपी ओलीको दास भएको भन्दै माधव नेपाल लगायत एकीकृत समाजवादीका नेताहरूले भनिरहनु भएको छ । एमालेभित्र तपाइहरूको विचार र सिद्धान्तको उचित ठाउँ छैन भन्ने कुरा त घनश्याम भुसाल र रघुजी पन्तले उठाएको विचारलाई ओलीको जवाफले पनि प्रस्ट पारिसकेको छ । तपाइँहरू पेलिएकै हो ?

त्यस्तो अवस्था कहीँ कायम छ भने त्यस्तो अवस्था सृजना नहोस् भन्ने म चाहन्छु ।

त्यस्तो छ कि छैन ?

कहीँ हुन सक्छ । व्यवहारमा कहीँ त्यस्तो देखिएको हुन सक्छ ।

एउटा हिजोको अन्तरविरोधले उत्पन्न गरेका तिक्तताहरू आजको भोलि नै मेटिँदैन । पार्टीको बृहत्तर हितमा पार्टी नेतृत्वले त्यस्ता विभेदकारी काम गर्न हुँदैन गर्दैन भन्ने मलाई लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर