चुनावी तयारीका लागि एमाले केन्द्रीय कमिटी बैठक बस्दै – Nepal Press

चुनावी तयारीका लागि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर