सन्तुलित कुटनीति नै नेपालको हितमा छ : सुजाता कोइराला – Nepal Press

सन्तुलित कुटनीति नै नेपालको हितमा छ : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सन्तुलित परराष्ट्र नीति नै नेपालको हितमा हुने बताएकी छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयमा आयोजित विचार गोष्ठीमा पूर्व परराष्ट्र मन्त्रीसमेत रहेकी कोइरालाले सन्तुलित कूटनीतिले नेपालको विकासमा टेवा पुग्ने बताइन् ।

‘गिरिजाबाबु बारम्बार सरकारको नेतृत्वमा रहनुभयो र सन्तुलित परराष्ट्र नीतिमा जोड दिनुभयो । हामी सन्तुलित भयौ भने सबै छिमेकी र मित्र राष्ट्रहरूको साथ पाउनसक्छौं । नेपालको विकासका लागि सन्तुलित कूटनीतिले नै फाइदा गर्छ’, कोइरालाले भने ।

गोष्ठीमा परराष्ट्रविद् डा.दिनेश भट्टराई र डा. राम थपलियाले परराष्ट्र सम्बन्धमा स्व।गिरिजाप्रसाद कोइरालाले पुर्‍याएको योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैबिच, जीपी कोइराला फाउन्डेसनले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपालको परराष्ट्र नीति, लोकतन्त्र, शान्ति र आर्थिक विकासको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई वृत्ति प्रदान गर्ने भएको छ ।

फाउन्डेसनका तर्फबाट अनुसन्धान निर्देशक डा. ताराप्रसाद बञ्जाडे र त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख प्रेम खनालले त्यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फाउन्डेसनले विभागमा अध्ययनरत विद्यार्थीलाई ८० हजार रुपैयाँ बराबरको जीपी कोइराला रिसर्च फेलोसिप प्रदान गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर