अन्तर्राष्ट्रिय क्रिकेटमा जितबाट सन्दीपको कप्तानी उडान – Nepal Press

अन्तर्राष्ट्रिय क्रिकेटमा जितबाट सन्दीपको कप्तानी उडान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानका रुपमा सन्दीप लामिछानेले विजयी सुरुवात गरेका छन् ।

ओमानमा शुक्रबार चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध ६ विकेटको जित हात पार्दा सन्दीपको कप्तानी प्रभावकारी देखियो ।

पछिल्लो समय एसोसिएट क्रिकेटमा सबैभन्दा बलियो देखिएको ओमान पहिला ब्याटिङ गर्दै एक सय ३५ रनमा सिमित भएको थियो ।

नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाए ।

उनले चौथो विकेटका लागि आरिफ शेखसँग ४५ रनको साझेदारी गरेको थिए । पाचौँ विकेटका लागि शरद भेषावकरसँग अविजित ३० रनको साझेदारी गरेका थिए ।

सन्दीपले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका थिए । अविनाश बोहराले ३ विकेट लिए भने सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले पनि एक एक विकेट लिए ।

यसअघि गत महिना नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिएको थियो । नेपालले शृंखलाअन्तर्गत शनिबार यूएईसँग खेल्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर