चेल्सी विश्वकपको फाइनलमा पुग्यो, उपाधिका लागि पल्मिरससँग भिड्ने – Nepal Press

चेल्सी विश्वकपको फाइनलमा पुग्यो, उपाधिका लागि पल्मिरससँग भिड्ने

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जित निकाल्दै चेल्सी उपाधि नजिक पुगेको हो । रोमेलु लुकाकुले ३२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

चेल्सीले उपाधिका लागि शनिबार ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाल्मिरसले इजिप्टको अल अह्लिलाई २–० ले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *