‘ए’ डिभिजन लिग : स्थगित भएको च्यासल र पुलिसको खेल शनिबार हुने – Nepal Press

‘ए’ डिभिजन लिग : स्थगित भएको च्यासल र पुलिसको खेल शनिबार हुने

काठमाडौं । सहिद स्मारक ए डिजिजन लिग अन्तरगत खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल क्लबबीचको खेल शनिबार हुने भएको छ ।

च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि भएपछि यसअघि खेल स्थगित भएको थियो ।

खेलाडीमा कोरोना देखिएपछि च्यासलले अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटी खेल स्थगित गर्न आग्रह गरेको थियो ।

एन्फाकाअनुसार खेल दिउँसो १ बजे दशरथ रंगाशालामा हुनेछ ।

नवौं चरणको खेलहरु सकिँदा सविक विजेता मछिन्द्र फुटबल क्लब ४अंकको अग्रतासहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यस्तै, पुलिस ८ खेलबाट ७ अंकसहित तालिको ११औं स्थानमा छ भने, च्यासल समान खेलबाट ५ अंकसहित रेलिगेशन क्षेत्रमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *