जेम्स वेब टेलिस्कोप सूर्य र पृथ्वीको बीचमा पुग्यो : १६ लाख किमी पार गरेर गन्तव्यमा – Nepal Press

जेम्स वेब टेलिस्कोप सूर्य र पृथ्वीको बीचमा पुग्यो : १६ लाख किमी पार गरेर गन्तव्यमा

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा शक्तिशाली टेलिस्कोप मानिएको जेम्व वेब टेलिस्कोप आफ्नो गन्तव्यमा पुगेको छ । नासाका अनुसार पृथ्वीभन्दा लगभग १६ लाख किलोमिटर दूरी पार गर्दै आफ्नो विन्दूमा पुगेको छ ।

नासाले सामाजिक संजाल पोस्टमार्फत यस्तो जानकारी दिएको छ । यो टेलिस्कोपलाई नासा, युरोपेली स्पेस एजेन्सी र क्यानडेली स्पेस एजेन्सीले मिलेर निर्माण गरेका हुन् ।

टेलिस्कोप लाग्राज प्वाइन्टमा पुगेको जनाइएको छ । यो विन्दू त्यही हो जहँ पृथ्वी र सूर्यको गुरुत्वाकर्षणको प्रभाव समानरुपमा पर्छ । तर, नासाले उक्त विन्दू स्थिर नभएको बताएको छ ।

पृथ्वी र सूर्यबीच पाँचवटा लाग्राज विन्दू छन् जसलाई एलवान, एलटु, एलथ्री, एलफोर र एलफाइभ भनिन्छ । लाग्राज प्वाइन्ट फ्रान्सेली गणितिज्ञ जोसेफ लुइ लाग्राजको नामबाट राखिन्छ ।

जेम्ब वेब स्पेस टेलिस्कोपलाई गत २५ डिसेम्बरमा लन्च गरिएको थियो । टेलिस्कोप पठाउन ७५ करोड भारु खर्च लागेको जनाइएको छ । यो टेलिस्कोपले अन्तरीक्षबाट धर्तीमा पनि एउटा चरालाई स्पष्टरुपमा खिच्नसक्ने जनाइएको छ ।


प्रतिक्रिया

One thought on “जेम्स वेब टेलिस्कोप सूर्य र पृथ्वीको बीचमा पुग्यो : १६ लाख किमी पार गरेर गन्तव्यमा

  1. यस्तो हावा तरिकाले नलेखुम न हो सर्य र पृथ्वीको बिचमा होइन पृथ्वीको पछाडी हो,us$10 billion को भारतीय 75 करोड मात्र हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर