भारतमा एकैदिन ६१४ जनाको मृत्यु, २ लाख ५५ हजार संक्रमित थपिए – Nepal Press

भारतमा एकैदिन ६१४ जनाको मृत्यु, २ लाख ५५ हजार संक्रमित थपिए

नयाँदिल्ली । लगातार पछिल्ला चार दिनमा भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५५ हजार ८७४ जना संक्रमित थपिएका छन् ।

आजको संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् ।

आज थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित संख्या २२ लाख ३६ लाख पुगेको छ । संक्रमण दर घटेर अहिले १५.५ प्रतिशत पुगेको छ ।

भाइरस संक्रमणले त्यहाँको कर्नाटक राज्य सबैभन्दा बढी प्रभावित छ । त्यहाँको संक्रमण दर ३२.९५ प्रतिशत छ । महाराष्ट्रमा भने संक्रमण संख्यामा गिरावट आएको छ ।

तर, कतिपय अध्ययनले चाहिँ आगामी साताहरुमा भारतमा संक्रमण दर अझै बढ्न सक्ने बताउँछन् । त्यहाँ अझै दुई सातामा भाइरस संक्रमणले पिक लिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर