नेपालमा तेस्रो लहरले मर्नेको संख्या ३४ पुग्यो, जसमध्ये चारजना खोप लगाएका – Nepal Press

नेपालमा तेस्रो लहरले मर्नेको संख्या ३४ पुग्यो, जसमध्ये चारजना खोप लगाएका

काठमाडौं । मुलुकमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भएयता संक्रमित हुनेको संख्या उच्च छ । एक साताअघि ४ हजार जना कोरोनाका बिरामी थपिएका थिए भने आज शुक्रबार १० हजार जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा तेस्रो लहरमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ जसमध्ये ४ जनाले मात्र खोप लगाएका थिए । कोभिड संक्रमणको पछिल्लो तथ्यांक हेर्दा खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ ।

पछिल्लो तीन दिनमा वीर अस्पतालमा संक्रमणले मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । युनिफाइड केन्द्रीय अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठका अनुसार ‘दोस्रो लहरको दाजोमा ओमिक्रोन संक्रमणमले मृत्यु हुनेको दर कम छ ।’

शुक्रबार ३ जनाको कोरोनाले मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार अहिलेसम्म ८८.२३ प्रतिशत खोप नलगाएका बिरामीहरुको मृत्यु भएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २२ जनाको मृत्यु भएको थियो ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पछिल्लो एक सातामा दुई जना खोप नलगाएका र दुई जना पूर्ण खोप लगाए पनि दीर्घरोग भएकाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर