१५ कर्मचारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द – Nepal Press

१५ कर्मचारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा बन्द

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बोहकका सेवा बन्द गरिएको प्रशासनले ेजनाएको छ ।

१५ जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

२३ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको उनले जनकारी दिए ।

उनका अनुसार एक जना प्रशासकीय अधिकृतसहित १५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुमा पनि कोभिडको लक्षण देखिएको र उनीहरु सबै जना होम आइसोलेसनमा बसिरहेको जनाइएको छ ।

उनले शान्ति, सुरक्षा र मुद्दाबाहेकका सबै सेवा स्थगन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर