७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ – Nepal Press

७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ

काठमाडाैं । काठमाडौंको ज्याठाबाट प्रहरीले करिव ७ हजार लिटर नक्कली महसहित एक जनालाई पक्राउ गरेको छ ।

ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गर्ने गरेको आरोपसहित महानगरीय प्रहरी अपराध महाशाखाले नरेश श्रेष्ठलाई विहीबार पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डकाे नामबाट बजारमा विक्री गर्ने गरेको महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *