प्रधानमन्त्री कप फाइनल : एपीएफविरुद्ध पुलिसको राम्रो सुरूआत


काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा टस जितेर फल्डिङ रोजेको पुलिसले राम्रो सुरूआत गरेको छ । समूह चरण र सेमिफाइनलमा राम्रो प्रदर्शन गरेका एपीएफका ओपनर प्रदीप ऐरी, आसिफ शेख र लोकेश बमलाई पुलिसका बलरले चार ओभरको समाप्तिमा पभेलियन फर्काइसकेका छन् ।
दुवै विभागीय टोलीले समूह चरणदेखि नै अपराजित रहेर फाइनल यात्रा तय गरेका थिए ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछ । सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउँनेछन् ।