एमाले भोजपुरले भन्यो- कोरोना रोकथाम र उपचारमा प्रभावकारी काम गर – Nepal Press

एमाले भोजपुरले भन्यो- कोरोना रोकथाम र उपचारमा प्रभावकारी काम गर

भोजपुर । नेकपा एमाले भोजपुरले कोरोना रोकथाम र उपचारका लागि जिल्लामा प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष शरणकुमार राईले विज्ञप्तिमार्फत सम्भावित जोखिमलाई ध्यान दिएर तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न र समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन माग गरेका छन् । साथै कोरोना महामारीविरुद्ध सक्रियरूपमा स्वयंसेवी भूमिका निर्वाह गर्न पनि मातहतका कमिटी र सदस्यहरूलाई निर्देशन दिएका छन् ।

भर्खरै सकिएको आठौं जिल्ला अधिवेशनमा विभिन्न जिम्मेवारी निभाउने सबैलाई उनले धन्यवाद दिएका छन् । अध्यक्ष राईले एकतासहित सर्वसम्मत नेतृत्व चयनमा महत्वपूर्ण योगदान गरेको भन्दै स्थायी कमिटी सदस्य शेरधन राई, भोजपुर इन्चार्ज हरिबहादुर राई, सह-इन्चार्ज पर्शुराम अधिकारी, निर्वतमान अध्यक्ष प्रेमकुमार राईलगायतप्रति आभार जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर