अधिवेशनलगत्तै देशैभर एमाले नेता-कार्यकर्तामा कोरोना संक्रमण, केही जिल्लाको निर्वाचन स्थगित – Nepal Press

अधिवेशनलगत्तै देशैभर एमाले नेता-कार्यकर्तामा कोरोना संक्रमण, केही जिल्लाको निर्वाचन स्थगित

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनहरूबाट फर्किएका अधिकांश नेता कार्यकर्ता बिरामी परेका छन् । देशैभरका प्रायः सबै जिल्ला अधिवेशनपछि बिरामी परेका नेता कार्यकर्तामध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको एमालेले जनाएको छ ।

उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितका शीर्षस्थ नेता कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा बसेका छन् । उपमहासचिव प्रदीप ज्ञवाली कोरोनाबाट मुक्त भएर अहिले मधेशतर्फ लागेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी, नरुलाल चौधरी, सुजिता शाक्य, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कोरोना संक्रमित भएका छन् । त्यस्तै केन्द्रीय सदस्य रमेश बडाल, पार्वती रावल, नविना लामालगायत पनि संक्रमित भएका छन् ।

एमालेका जिल्ला अधिवेशनहरूबाट फर्किएका नेता कार्यकर्ता धेरैको स्वास्थ्यमा समस्या देखिएको छ । त्यसैले माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

नेता-कार्यकर्ता र उम्मेदवारहरु नै संक्रमित हुन थालेपछि सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटनपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । पर्साको अधिवेशन पनि उद्घाटनपछि स्थगित भएको छ ।

धमाधम नेता-कार्यकर्ताहरू संक्रमित हुन थालेपछि एमालेका निर्धारित अधिवेशन, बैठक र जनसंगठनहरूका महाधिवेशनसमेत प्रभावित हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर