ओमिक्रोन त्रास : हङकङद्वारा १५० मुलुकसँगको ट्रान्जिट उडानमा रोक – Nepal Press

ओमिक्रोन त्रास : हङकङद्वारा १५० मुलुकसँगको ट्रान्जिट उडानमा रोक

काठमाडौं । कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट फैलन नदिन हङकङले आजदेखि लागू हुने गरी एक महिनासम्म १५० मुलुकसँग हुने ट्रान्जिट उडानमा रोक लगाएको छ ।

निकै संक्रामक मानिएको ओमिक्रोन भेरिएन्टका ५० वटा केस पुष्टि भएपछि हङकङले यस्तो निर्णय लिएको हो । क्याथी प्यासिफिक एयरवेजका दुई चालकदलका सदस्यमा संक्रमण पुष्टि भएपछि यस्तो कदम चालिएको हो ।

हङकङेली संचारमाध्यमका अनुसार अहिलेसम्म त्यहाँ ओमिक्रोन भेरिएन्ट समुदायमा फैलिइसकेको छैन । कोरोना संक्रमणको उच्च जोखिम रहेको मुलुकमा पछिल्लो २१ दिनभित्र यात्रा गरेको मानिसले जनवरी १६ देखि फेब्रुअरी १५ सम्म हङकङ जान पाउनेछैनन् ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार सूचना जारी गर्दै निकै संक्रामक मानिएको ओमिक्रोन भेरिएन्ट फैलन नदिन यस्तो निर्णय गर्नुपरेको जनाएको छ । हङकङले १५० मुलुक र क्षेत्रलाई कोरोनाको उच्च जोखिम रहेको क्षेत्रको रुपमा सूचीकृत गरेको छ ।

गतसाता हङकङले अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिकाबाट हुने उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।

गत महिना हङकङमा ओमिक्रोनका दुईवटा भेरिएन्ट संक्रमण पुष्टि हुने वित्तिकै नेपालले सीधा उडान हुने हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकको उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर