गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल – Nepal Press

गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा एमसीसी अलपत्र परेको बताएका छन् ।

घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको बताएका हुन् । उनले अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा नलागेको बताए ।

अस्थिरताको बिजारोपण माओवादीले गरेको उनको आरोप छ । ‘कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर