मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुट्यो – Nepal Press

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुट्यो

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी फुटेको छ ।

गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष बैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता भंगको भएको हो ।

रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गर्दै सचिवालय सदस्य समरजंगले अब सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एकजुट हुन आवश्यक रहेको बताए ।

उनले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पंगु बनाइएको आरोप लगाए ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्व साम्राज्यवादले सच्चा कम्युनिष्टहरुमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरुसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ ।’

उनले आन्दोलनका उपलब्धिहरुको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरुसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा नरहेको बताए ।

पार्टी विभाजनको पक्षमा समरजंगसहित विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्टलगायत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर