सहकारी प्रकरणले संघीय दलका दुवै बैठक प्रभावित, राष्ट्रियसभा बैठक पनि सारियो – Nepal Press

सहकारी प्रकरणले संघीय दलका दुवै बैठक प्रभावित, राष्ट्रियसभा बैठक पनि सारियो

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि सारिएको छ। दिउँसो १ः१५ बजे बस्ने तय भएको बैठक ४ः३० मा बस्नेगरी सारिएको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम ९३० बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ। सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नको लागि संसदीय समितिको माग गर्दै कांग्रेसले मंगलबारको बैठकमा अवरोध गरेको थियो।

त्यही बिषयमा कुरा नमिल्दा प्रनिनिधि सभाको बैठक पनि सारिएको छ। प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरु अहिले सदनको गतिरोध हटाउन छलफलमा जुटेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर