दोस्रो चरण सामना गर्ने शेखर समूहको निर्णय, अन्तरमनको आवाज सुन्न महाधिवेशन प्रतिनिधिलाई आह्वान – Nepal Press
कांग्रेस चुनाव

दोस्रो चरण सामना गर्ने शेखर समूहको निर्णय, अन्तरमनको आवाज सुन्न महाधिवेशन प्रतिनिधिलाई आह्वान

काठमाडौं । दोस्रो चरणको सभापति निर्वाचनअघि कमजोर अवस्थामा पुगेका शेखर कोइरालाले मैदान भने नछाड्ने भएका छन् । उनको समूहका नेताहरूको बैठकले दोस्रो चरणको चुनाव सामना गर्ने निर्णय गरेको छ ।

संस्थापन इतरसमूहका नेताहरूको समेत साथ नपाएपछि शेखर निकटस्थहरुको बैठक नक्सालमा बसेको थियो । उक्त बैठकमा कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डालाई कमजोर हुन नदिने बताए । उनले कांग्रेस प्रतिनिधिलाई अन्तरमनको आवाज सुनेर भोट हाल्न आह्वान गर्ने भएका छन् । शेखरले केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

आज कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनाव दिउँसो साढे ३ बजेदेखि हुँदैछ । चुनावअघि नै शेरबहादुर देउवाको जित लगभग निश्चित देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर