अष्ट्रेलिया र दक्षिण कोरियाबीच ७१७ मिलियन डलरको रक्षा सम्झौता – Nepal Press

अष्ट्रेलिया र दक्षिण कोरियाबीच ७१७ मिलियन डलरको रक्षा सम्झौता

सियोल । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र दक्षिण कोरियाली राष्ट्रपति मुन जेए इनले ७१७ मिलियन अमेरिकी डलरको एक प्रतिरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुनको चार दिने क्यानबेरा भ्रमणको क्रममा झन्डै १ बिलियन अष्ट्रेलियाली डलर बराबरको प्रतिरक्षा सम्झौता भएको हो । कोरोना महामारी सुरु भएपछि अष्ट्रेलिया भ्रमणमा निस्कने मुन पहिलो दक्षिण कोरियाली प्रमुख हुन् ।

नयाँ प्रतिरक्षा सम्झौताअनुसार दक्षिण कोरियाली प्रतिरक्षा कम्पनी हान्वाले अष्ट्रेलियाली सेनालाई तोप, सवारी साधन र राडार उपलब्ध गराउनेछ । अष्ट्रेलिया र चीनबीच तनाव चुलिएको बेला अष्ट्रेलिया र एसियाली मुलुकबीच यस्तोखाले रक्षा सम्झौता भएको हो ।

अष्ट्रेलियाले हालै अमेरिका र बेलायतसँग मिलेर अकुस नामक आणविक पनडुब्बी निर्माण गर्ने घोषणा गरेको छ जसलाई लिएर चीनले क्रुद्ध प्रतिक्रिया जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री मरिसनका अनुसार यो रक्षा सम्झौताले उनको मुलुकमा ३००० नयाँ रोजगारी सिर्जना गर्नेछ भने त्यसको संचालन चाहिँ दक्षिण कोरियाली कम्पनी हान्वाले गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर