राज्यको अल्पसंख्यक सूची कांग्रेसलाई अमान्य, ११ जाति आरक्षणबाट वञ्चित – Nepal Press

राज्यको अल्पसंख्यक सूची कांग्रेसलाई अमान्य, ११ जाति आरक्षणबाट वञ्चित

काठमाडौं । नेपाली कांग्रेसले ११ जातिलाई अल्पसंख्यक अमान्य भन्दै अल्पसंख्यकको सूचीबाट हटाएको छ । राज्यले अल्पसंख्यक मानेर कानूनमा उल्लेख गरिएका समुदायलाई सरकारको नेतृत्व गरिरहेको पार्टीले अश्वीकृत गरेपछि अल्पसंख्यकहरू आक्रोशित बनेका छन् ।

नेपाल सरकारले ०.५ प्रतिशत भन्दा कम जनसंख्या भएको जातिलाई अल्पसंख्यक जातिको मान्यता दिएर २०७४ वैशाख ११ गते राजपत्रमा जातिको विवरण प्रकाशन गरेको छ ।

तर, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ साउन ३० मा बसेको बैठकबाट नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ स्वीकृत गरी ११ वटा जातिलाई अल्पसंख्यकको कोटाबाट हटाएको पाइएको छ ।

अल्पसंख्यक आरक्षण कोटामा उम्मेदवार बन्न खोज्दा केही उम्मेदवारले आफ्नो समुदाय कांग्रेस निर्वाचन निर्देशिकामा अल्पसंख्यकको सूचीमै नरहेको पाएपछि उजुरी गर्न खोजेका थिए । तर, भित्रभित्रै मिलाएको स्रोतले जनाएको छ ।

कांग्रेसले १ लाखभन्दा कम जनसंख्या भएका समुदायलाई मात्र अल्पसंख्यकमा राखेको छ ।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को बुँदा नम्बर ५ को उम्मेदवारको योग्यता प्रमाणित गर्ने शीर्षकको उपदफा पाँचमा अनुसूची २४ अनुसार २०६८ सालको जनगणनामा एक लाखभन्दा कम जनसंख्या भएका जातिलाई मात्र समावेश गर्ने गरी उल्लेख गरेपछि कलवार, कानून, कुमाल, घर्ती/भुजेल, हजाम/ठाकुर, राजवंशी, शेर्पा, धोवी, तत्मा/तत्वा, लोहार र खत्वे गरी ११ जातिले राज्यले दिएको सूविधाबाट बञ्चित हुनु परेको हो ।

राज्यको अल्पसंख्यक सूचीमा भने ८७ जातजाति छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर