अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या एकसय नाघ्यो – Nepal Press

अमेरिकामा आँधीबाट मृत्यु हुनेको संख्या एकसय नाघ्यो

काठमाडौं । शक्तिशाली सामुन्द्रीक आँधीबाट अमेरिकाको केन्टुकी राज्यमा मृत्यु हुनेको संख्या एकसय नाघेको छ । त्यहाँका मेयरका अनुसार जीवित हुनेहरु भेटिने सम्भावना निकै कम छ ।

मेयर एन्ड्रिउ बेसियरका अनुसार अमेरिकी इतिहासमै पहिलोपटक धेरै मानिसको ज्यान जाने गरी आएको उक्त बिनाशकारी आँधीबाट ८० जनाको मृत्यु पुष्टि भैसकेको छ ।

अन्य अमेरिकी राज्यमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ ।

केन्टुकीमा उद्धारकर्ताले जीवित मानिसहरु भेटिने आशामा भग्नावशेष निकाल्दै छन् भने स्थानीय बासिन्दालाई पानी र जेनेरेटर पनि वितरण गरिरहेका छन् ।

नेसनल गार्डका ३०० भन्दा बढी स्वयंसेवक घर घरमा पुगेर भग्नावशेष हटाउँदैछन् । ‘हामीले अन्य मानिसहरु पनि जीवितै भेटिने चमत्कारको आशा गरेका छौं’ मेयर बेसियरले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर