भरतपुरले मुलुकमै उत्कृष्ट काम गर्‍यो, मिडियाले ओलीका हावा गफलाई हेडलाइन बनाइरहे : पञ्चा सिंह – Nepal Press

भरतपुरले मुलुकमै उत्कृष्ट काम गर्‍यो, मिडियाले ओलीका हावा गफलाई हेडलाइन बनाइरहे : पञ्चा सिंह

चितवन । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मुलुकमा थुप्रै सकारात्मक र राम्रा विषयहरू हुँदाहुँदै मिडियाले केपी वलीको उडन्ते कुरालाई समाचार बनाएको टिप्पणी गरेकी छन् ।

चितवनको एक कार्यक्रममा उनले भरतपुर महानगरले देशकै नमूना काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘भरतपुरमा महानगरले विकाश र निर्माणमा देशमै नमूना काम गरिरहेको छ समाचार बन्दैन । मुलुकमा थुप्रै राम्रा कामहरू भएका छन् तर साढे तीन वर्षदेखि मिडियाका हेडलाइन केपी ओलीका उडन्ते र हावा गफले कब्जा गरिरहेका छन् ।’

केही दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरूमा सहकार्य गर्न सकिने’ अभिव्यक्ति दिएको भन्दै सिंहले चितवन महाअधिवशनपछि एमालेमा पञ्चायतप्रेम बढ्दै गएको आरोप लगाइन् ।

जनयुद्धका कठिन दिनहरुमा ज्यानको बाजी थापेर, डोकोमा रेडियो बोक्दै जनताको आवाज बन्ने क्रान्तिकारी पत्रकारले गम्भीर हुने बेला आएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “भरतपुरले मुलुकमै उत्कृष्ट काम गर्‍यो, मिडियाले ओलीका हावा गफलाई हेडलाइन बनाइरहे : पञ्चा सिंह

  1. तिमीहरूजस्ता हत्याराका मतियारकाे समाचार बनाउनुपर्ने ? जनयुद्द प्रचण्ड र उसकाे परिवारकाे जीवन आलिसान बनाउन गरिएकाे रहेछ । यति थाहा पाएपछि पनि उसैकाे पछि लाग्ने तिमीजस्ता पुच्छरकाे समाचार दिनुपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर