भित्र नेताको बैठक : बाहिरबाट युवाको दबाब- मिल्नूस्, कांग्रेस जोगाउनूस् – Nepal Press
कांग्रेस संस्थापनइतर बैठक

भित्र नेताको बैठक : बाहिरबाट युवाको दबाब- मिल्नूस्, कांग्रेस जोगाउनूस्

काठमाडौं । नेपाली कांग्रेसको यही मंसिर २४-२६ गतेसम्म हुने १४ औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार छान्न अहिले संस्थापनइतर समूहको बैठक बसिरहेको छ ।

चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत सहभागी छन् ।

यसैबीच बैठकस्थलबाहिर कांग्रेसका युवा नेताहरूले साझा उम्मेदवारमा छिटो सहमति गर्न दबाब दिएका छन् । राजेन्द्र बजगाई, टेकराज पौडेल, सीता सापकोटा, दक्ष पौडेल, देवेन्द्र घर्तीमगरलगायतका युवा नेताहरूले नेताहरू मिल्नोस्-कांग्रेस जोगाउनूस्, अहिले नमिले कहिले मिल्ने भन्दै प्लेकार्ड बोकेर दबाब दिएका छन् ।

संस्थापनइतरबाट आकांक्षी धेरै हुँदा र सहमति नहुँदा शेरबहादुर देउवा नै दोहोरिने भन्दै सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर