रुसी राष्ट्रपति आज दिल्ली भ्रमणमा जाँदै : भारतसँग रक्षा र व्यापार मामिलामा सम्झौता हुने – Nepal Press

रुसी राष्ट्रपति आज दिल्ली भ्रमणमा जाँदै : भारतसँग रक्षा र व्यापार मामिलामा सम्झौता हुने

काठमाडौं । रुस र भारतबीच आज उच्चस्तरीय द्धिपक्षीय भेटवार्ता हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६ घण्टे भ्रमणको लागि आज दिल्ली पुग्दैछन् जहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम छ ।

भारत र रुसले हालै रक्षा र विदेश मामिलासम्बन्धी छलफल गर्न टु प्लस टु संयन्त्र निर्माण गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार दुई नेताबीचको भेटवार्तामा रक्षा र व्यापारमा लगानीसहित ऊर्जा तथा प्रविधिको विषयमा छलफल हुनेछ ।

वार्तापछि दुबै मुलुकले संयुक्त वक्तव्य सार्वजनिक गर्ने तयारी छ । मेक इन इन्डिया कार्यक्रम अन्तर्गत भारत र रुसबीच भारतीय सेनाको लागि ७.५ लाख एके–२०३ राइफल उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर हुने अपेक्षा छ ।

पुटिन भ्रमणको मुख्य आकर्षण एके-२०३ एसल्ट राइफल उत्पादनसम्बन्धी सम्झौतालाई मुख्य मानिएको छ । मोदी र पुटिनबीच नेपाली समयानुसार बेलुका पौने ६ बजे भेटवार्ता हुँदैछ ।

पुटिन राती पौने १० बजे स्वदेश फर्कने कार्यक्रम छ । पुटिनको दिल्ली भ्रमण भारतीय रक्षामन्त्री राजनाथ सिंह र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको भेटवार्तादेखि सुरु हुनेछ । भारतीय विदेशमन्त्री एस जयंशकरले रुसी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर