भारतमा जनवरीदेखि कोरोनाको तेस्रो लहर आउनसक्ने प्रक्षेपण – Nepal Press

भारतमा जनवरीदेखि कोरोनाको तेस्रो लहर आउनसक्ने प्रक्षेपण

दिल्ली । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै सन् २०२२ को जनवरीमा भारतमा तेस्रो लहर आउन सक्ने एक अध्ययनले देखाएको छ ।

आइआइटी कानपुरका प्राध्यापक मणिन्द्र अग्रवालको नेतृत्वमा ओमिक्रोन भेरिएन्टमाथि गरिएको अध्ययनमा उक्त डेटा एनालिसिस प्रस्तुत भएको दैनिक भाष्करले जनाएको छ ।

भारतमा पहिलो र दोस्रो लहरको बेला पनि प्राध्यापक अग्रवालको डेटा एनालिसिस निकै चर्चामा थियो । उनका अनुसार रात्रीकालिन कर्फ्यु र भीडमा प्रतिबन्ध लगाउन सकिए संक्रमण संख्यामा केही कमी आउन सक्छ ।

पछिल्लो समय ३० भन्दा बढी मुलुकमा फैलिएको र विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको ओमिक्रोन र तेस्रो लहरबाट प्राध्यापक अग्रवालले तथ्यांक विश्लेषण गरेका थिए ।

उनका अनुसार जनवरीदेखि तेस्रो लहर सुरु हुनसक्छ र फेब्रुअरीमा उत्कर्षमा पुग्नसक्छ । संक्रमण उत्कर्षमा पुगेको बेला फेब्रुअरीमा दैनिक संक्रमण डेढलाख सम्म पुग्न सक्ने उनले जनाएका छन् । दैनिक भाष्कर

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर