एडिडासको नयाँ सोरुम न्युरोडमा – Nepal Press

एडिडासको नयाँ सोरुम न्युरोडमा

काठमाडौं । विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रूपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामाग्री तथा पोशाक बिक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रा. लि. ले आफ्नो छैटौं शाखाको रूपमा न्युरोडबाट बिक्री सुरु गरेको हो ।

यसअघि रुटस् फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलिसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामाग्री तथा पोसाक बिक्री गर्दै आएको थियो ।

विश्व खेलकुद जगतमै एलिट ब्रान्डका रुपमा स्थापित एडिडासले आफ्नो सुरुआती कालदेखि नै नेपाली खेलकुद जगतको विकास र विस्तारमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधैं सहयोग गर्दै आएको एडिडास नेपालका अध्यक्ष सञ्जिव तुलाधरले बताए ।

नेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्री स्टार क्लब, एथ्लेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडी लगायतलाई एडिडास नेपालले प्रायोजन गरिसकेको छ । एडिडास नेपालका अध्यक्ष तुलाधरले आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

‘हाम्रो देशको मुख्य व्यापारिक केन्द्र न्युरोडमा हामीले एडिडासको शाखा विस्तारका लागि विगत चाार पाँच वर्ष देखि नै उपयुक्त स्थान खोजिरहेका थियौं,’ एडिडास नेपालका अध्यक्ष तुलाधरले भने, ‘सबै नेपालीको पहुँचमा एडिडासका खेलकुद सामाग्री र पोसाक पुगोस भन्ने मुख्य उद्देश्यका साथ हामीले नयाँ शाखा सञ्चालनमा ल्याएका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर