देउवाको गृह प्रदेशमा सभापतिका लागि रस्साकस्सीः संस्थापन पक्षका मात्रै ६ दाबेदार – Nepal Press
कांग्रेस महाधिवेशन

देउवाको गृह प्रदेशमा सभापतिका लागि रस्साकस्सीः संस्थापन पक्षका मात्रै ६ दाबेदार

सहमतिका लागि निर्वाचन तालिका फेरियो

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिको लागि तीव्र रस्साकस्सी सुरु भएको छ । का‌ग्रेस सभापति एव‌ प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेशमा ६ जना देउवा पक्षका र २ जना पौडेल पक्षका नेताहरूले दाबी पेस गरेका छन् ।

शुक्रबार बिहान बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका रहेकोमा आकांक्षीहरु बढेपछि नेतृत्व छनोट गर्न सकस भइरहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज दिउँसो २ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ ।

‘बिहानै मनोनयन दर्ता हुनुपर्ने हो तर, नेताहरूले समय मागेर सर्वसम्मत गर्ने भनेपछि निर्वाचन समितिले समय तयार गरेको ’ प्रचारप्रसार संयोजक नृप सुनारले नेपाल प्रेसलाई भने ।

अहिले सहमतिको प्रयासका लागि यहाँका सबै केन्द्रीय सदस्यहरू, दिलेन्द्र बडू, एनपी साउद , रमेश लेखक र बिरबहादुर बलायर बसेर छलफल गरिरहेका छन् ।

प्रदेश कार्य समितिका लागि सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित) र प्रदेश सदस्य ५१ जना रहने छन् ।

प्रदेश सभापतिका लागि डोटीका वीरबहादुर बलायर, कैलालीका नरनारायण शाह र अछामका गोविन्दबहादुर शाहले दाबी गरिरहेका छन् । बलायरलाई सभापति बनाउने विषयमा छलफल भइरहे पनि अन्य दुईजनाले विरोध गरेपछि निर्वाचन हुने सम्भावना बढिरहेको छ। गोपालसिंह गुरुङ नारायणदत्त मिश्रले पनि सभापतिको दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नारायणदत्त मिश्र र गोपाल गुरुङ देउवा पक्षइतरका हुन् भने अन्य सबै देउवा पक्षका हुन् ।

सहमतिका लागि भन्दै परिवर्तन गरिएको निर्वाचन तालिकाअनुसार २ बजे लेखि ४ बजे सम्म मनोदन दर्ता गर्ने उल्लेख गरिएको छ ।

यस्तै मनोनयनपत्र माथि पर्ने दाबी, विरोध दर्ता गर्ने र जाँचबुझ गर्ने ४ः३० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । साढे ५ बजे उम्मेदवारको पहिलो नाम प्रकाशित गर्ने तालिका छ ।

यस्तै, मनोनयन फिर्ता लिन ५ः३० देखि ६ः३० बजेसम्म र अन्तिम नामावली प्रकाशन साँझ ७ः३० बजेसम्म तोकिएको छ । मतदान भोलि बिहान ८ बजेदेखि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर