प्रिमियर लिगका शीर्ष टोलीहरु चेल्सी, सिटी र लिभरपुल विजयी – Nepal Press

प्रिमियर लिगका शीर्ष टोलीहरु चेल्सी, सिटी र लिभरपुल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् । गएराति भएको १४औं चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले उसलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २-१ अन्तरले पराजित गर्‍यो । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ र हाकिम जिएचले ७२ औं मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३औं मिनेटमा १ गोल फर्काएका थिए ।

अर्को खेलमा घरेलु टोली एष्टोन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७औं र बर्नाण्डो सिल्भाले ४३औं मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

लिभरपुलले घरेलु टोली एभर्टनलाई ४-१ ले पराजित गर्‍यो । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२, वेष्ट ह्याम युनाइटेड र ब्राइटनले १-१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे

खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *