नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्बारी घोषणा – Nepal Press

नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्बारी घोषणा

काठमाडौं । अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा) का उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले आज उम्मेदवारी घोषणा गरेका हुन् ।

नाडाको चुनावमा धुब्र थापा र चौधरीले अध्यक्षमा उम्मेद्बारी दिएका छन् । नाडाको मंसिर २२ र २३ गते निर्वाचन हुँदैछ । आगामि कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिव लगायत १७ जनाको कार्यसमिति रहने छ ।

चौधरीले आफ्नो अध्यक्षको उम्मेदवरी सहित आफ्नो प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, बरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई,सुनिल रिजाल, विक्रम सिंघानीया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी सदस्य रहेका छन् । भोलि अर्का अध्यक्षका उम्मेदवार थापाले पनि औपचारीक घोषणा गर्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर