चितवन ओर्लिएर गोकर्णले भने- मेरो उचित मूल्यांकन हुनेमा विश्वस्त छु – Nepal Press

चितवन ओर्लिएर गोकर्णले भने- मेरो उचित मूल्यांकन हुनेमा विश्वस्त छु

चितवन । १० औं महाधिवेशनका लागि एमाले नेताहरू चितवन आउने र उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

यसैबीच एमाले सचिव गोकर्ण विष्टले आफूले कुनै पनि पदका लागि उम्मेदवारी घोषणा नगर्ने बताएका छन् ।

अहिले पार्टीलाई एकतावद्ध बनाएर अगाडी बढ्नुपर्ने बेला भएकाले आफूले कुनै पनि पदमा उम्मेदवारी घोषणा नगर्ने बताए ।

आफूले उम्मेदवारी घोषणा नगरेपनि पार्टीले आफ्नो उचित मूल्यांकन गर्ने विश्वास उनले व्यक्त गरे ।

‘पार्टीलाई एकतावद्ध बनाउने छ । महाधिवेशनमा आएका छौँ’, भरतपुर विमास्थलमा विष्टले भने, ‘अरु कमरेडहरुसँग छलफल हुन्छ । मैले पाएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको छु मेरो उचित मुल्यांकन हुनेमा म विश्वस्त छु ।’

उनले सर्वसम्मत नेतृत्व चयन हुने पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर