युरोप पुनः भाइरसको एपिसेन्टर : लकडाउनविरुद्ध बृहत प्रदर्शन, नेदरल्यान्डमा गोली चल्यो – Nepal Press

युरोप पुनः भाइरसको एपिसेन्टर : लकडाउनविरुद्ध बृहत प्रदर्शन, नेदरल्यान्डमा गोली चल्यो

भियना । कोभिड-१९ रोकथामका लागि लागू गरिएको लकडाउनविरुद्ध अष्ट्रियामा बृहत प्रदर्शन भएको छ । शान्तिप्रिय देश भनिने नेदरल्यान्ड्समा प्रदर्शनकारीले रोटेरडमको सडकमा आगजानी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण समेत गरेका थिए । यो हिंसामा सातजना घाइते भएका छन् । दुईजनालाई गोली लागेको छ ।

पछिल्लो समय कोरोनाभाइरसको पुनः इपिसेन्टर बन्न थालेपछि केही युरोपेली मुलुकमा लकडाउन लागू हुन थालेको छ भने खोप अभियानलाई समेत तीव्रत दिइएको छ ।

खोप नलगाउने मानिसप्रति सरकार आक्रामक हुन थालेको छ ।

जर्मनीसहित केही देशमा खोप नलगाउनेले प्रत्येक दिन कोभिड परीक्षण गर्नुपर्ने भएको छ । केही देशमा खोप नलगाउने मानिसहरुको आवातजावतलाई सीमित तुल्याइएको छ ।

जर्मनीका स्वास्थ्यमन्त्रीले वर्तमान अवस्थालाई राष्ट्रिय आपतकाल बताएका छन् । तर, उनले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेका छन् । अष्ट्रिय खोपलाई अनिवार्य गर्ने पहिलो युरोपेली मुलुक बनेको छ ।

सोमबारदेखि त्यहाँ लकडाउन सुरु भएको छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय सीमा खुलाएसँगै अमेरिकामा ३० प्रतिशत संक्रमण बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर