न्याय खोज्दै सडकमा द्वन्द्वपीडित (भिडिओ) – Nepal Press

न्याय खोज्दै सडकमा द्वन्द्वपीडित (भिडिओ)

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ ।

शान्ति सम्झौता भएको डेढ दशकसम्म पनि चहराइरहेको आफूहरूको घाउमा मलहम नलागेको भन्दै द्न्द्वपीडितले दिनहुँ आवाज उठाइरहेका छन् । ऐतिहासिक सम्झौताको महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको सार्वजनिकीकरण र संक्रमणकालीन न्यायको विषय अझै टुंगिएको छैन ।

यसैक्रममा द्वन्द्वपीडित समुदाय र नागरिक संघसंस्थाले द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्ंघन र ज्यादतीका घटना छानविन गरी पीडितलाई न्यायका लागि दबाब दिँदै माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरूले बेपत्ता नागरिकको अवस्था तत्काल सार्वजनिक गर्न, संक्रमणकालीन न्याय प्रक्रियामा राजनीतिक हस्तक्षेप बन्द गर्न, सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय कानूनबमोजिम ऐन संशोधन गर्न, सरोकारवालासँग परामर्श गर्नुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर