एबी डी भिलियर्सद्वारा सबै फर्म्याटको क्रिकेटबाट संन्यास – Nepal Press

एबी डी भिलियर्सद्वारा सबै फर्म्याटको क्रिकेटबाट संन्यास

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले उर्फ ‘मिस्टर ३६०’ले क्रिकेटका सबै फर्म्याटबाट संन्यासको घोषणा गरेका छन् ।

विश्व क्रिकेटका सर्वकालिन महानमध्ये एक ब्याट्सम्यान डी भिलियर्सले १७ वर्षे करियर टुङ्ग्याउँदै शुक्रबार सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकी ३७ वर्षीय डी भिलियर्सले १ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय र ७८ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

‘यो मेरालागि अविश्वसनीय यात्रा रह्यो, तर, मैले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा दाजु-भाइसँग घर पछाडिदेखि मैले पवित्र क्रिकेटको वातावरण र अन्यन्त उत्साहित उत्साहको माझमा मैले खेलेँ । तर, अहिले ३७ वर्षको उमेरमा त्यो ऊर्जा बाँकी छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *