प्रधानमन्त्री कप पुरुष-महिला क्रिकेट प्रतियोगिता पुसभित्र गर्ने क्यानको निर्णय – Nepal Press

प्रधानमन्त्री कप पुरुष-महिला क्रिकेट प्रतियोगिता पुसभित्र गर्ने क्यानको निर्णय

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुसभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

अध्यक्ष चतुर बहादुर चन्दको नेतृत्वमा बसेको बैठकले क्यानको वार्षिक साधारण सभा पुस १४ र १५ गते धनगगढीमा गर्नेसमेत निर्णय गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् ।

यस्तै, राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको नियुक्तीका लागि मल्लकै नेतृत्वमा कोषाध्यक्ष रोशन कुमार सिंह, रौनक बहादुर मल्ल, विनोद दास र आइसीसीका एक प्रचिनिधि रहने गरी पाँच सदस्यीय छनोट समितिसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

क्यानको विधानअनुससार ४ वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने जिल्लाहरूमा अधिवेशन पनि माघ ७ गतेभित्र गरिसक्ने निर्णय भएको मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *