बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु) – Nepal Press

बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु)

काठमाडौं । नेपाल बन्दको आवह्रान गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई काठमाडौंको सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको हो ।

बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । बन्दको कारण देशैभर यातायातदेखि व्यापार व्यवसाय ठप्प भएको छ । सार्वजनिक यातायात नचल्दा यात्रुले सास्ती भोगिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर