माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी – Nepal Press

माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु भएको छ।

शुक्रबार साँझ ६ बजेदेखि शुरु भएको भर्चुल बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरण गर्ने म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ ।

माओवादीले आगामी पुस ११-१३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । त्यसका लागि अहिले संगठित सदस्यता नवीकरण गरिरहेको छ । संगठित सदस्यता नवीकरणका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

अनलाइनमार्फत भइरहेको नवीकरण गर्ने समय अपुग भएको धेरैको गुनासो भएकाले आजको बैठकले उक्त समय लम्ब्याउने एक नेताले बताए । अहिलेसम्म ५ लाखले सदस्यता नवीरकण गरेको र अझैं नवीकरण गर्न बाँकी रहेकाले समय लम्ब्याउनुपर्ने कतिपयको जोड छ।

माओवादीले ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गर्ने प्रक्षेपण गरेको छ।


प्रतिक्रिया

One thought on “माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर