अमेरिकी राष्ट्रपति बाइडेनले पनि मनाए दीपावली – Nepal Press

अमेरिकी राष्ट्रपति बाइडेनले पनि मनाए दीपावली

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र फस्टलेडी जिलले पनि दिपावली मनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा तिहार मनाउँदै बाइडेनले दीपावलीको शुभकामना पनि दिएका छन् ।

उनले दीपावलीलाई अन्धकारविरुद्ध ज्ञान, विवेक र सत्यको जित तथा विखण्डनविरुद्धको एकताको पर्वको रुपमा उल्लेख गरेका छन् । उनले दीपावलीको अवसरमा हिन्दू, शिख, जैन, र बौद्ध धर्मावलम्वीलाई शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर