‘गर वा मर’ अवस्थामा एसेन्सियो – Nepal Press

‘गर वा मर’ अवस्थामा एसेन्सियो

काठमाडौं । मार्को एसेन्सियोको रियाल मड्रिडसँगको सम्झौता २०२३ मा सकिँदै छ । र, खराब लयका कारण उनी अहिले स्पेनिस हेभिवेटमा आफ्नो भविष्यलाई लिएर अनिश्चित छन् ।

समय पनि एसेन्सियोको पक्षमा छैन । एसेन्सियो एक समयका यस्ता खेलाडी हुन्, जसले स्पेनको सबैभन्दा लोकप्रिय बन्ने सम्भावना बोकेका थिए ।

सन् २०१७ तिर उनको खुट्टामा संसार भएझैँ लाग्थ्यो । उनले एकदिन विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड नै जित्छन् झैँ लाग्थ्यो । तर, वास्तविकता यी सबै कुराबाट टाढा भइदियो ।

जब सन् २०१८ मा लिभरपुलले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, एसेन्सियोलाई बेच्ने विचार राख्नु रियालका लागि लागि हाँस्यास्पद सावित भएको थियो । तर, अहिले यो नौलो प्रस्ताव हुने छैन ।

एसेन्सियोको घुँडाको इन्जुरी भएको पनि दुई वर्ष बितिसक्दा पनि मड्रिलले चाहेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । गत सिजन ७ गोल गर्दै क्लबको दोस्रो सर्वाधिक गोलकर्ता बनेका एसेन्सियोमा रियाल कहिल्यै भर पर्नसक्ने अवस्था आएन ।

गत सेप्टेम्बरमा मायोर्का विरुद्धको ह्याट्रिक एसेन्सियोको पुरानो लय फर्काएझैं लागेको थियो । मार्सेलो अहिले रियालको प्लेइङ अर्डरमा इडेन हाजार्ड भन्दा अगाडि छन् । यदि उनले साख्तार डोनेस्कविरुद्ध पनि सुरुआती-११ मा स्थान बनाए भने त्यो नौलो कुरा हुनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *